सुन्धाराकाे डान्सबारकी युवतीको रहस्यमय मृत्यु भएपछि प्रेमी प्रहरी फन्दामा

सुन्धाराकाे डान्सबारकी युवतीको रहस्यमय मृत्यु भएपछि प्रेमी प्रहरी फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं– सुन्धारामा रहेको रोयल ग्यालेक्सी डान्सबारमा काम गर्ने युवती कोपिला श्रेष्ठ उर्फ जेनिशाको रहस्यम मृत्यु भएको छ।

साँखु घर भई तारकेश्वरको शेषमति डेरा गरी बस्दै आएकी उनको रहस्यमय मृत्यु भएपछि प्रहरीले उनका प्रेमी बहादुर कार्की उर्फ सागरलाई हिरासतमा लिएको छ। डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे । आइतबार उनीहरु युवतीकै डेरामा थिए ।

प्रहरीका अनुसार युवकले बताए अनुसार आइतबार पनि उनीहरुले ‘छ्याङ’ र माछा खाएका थिए।
युवकले प्रहरीसँग बयान दिँदै भनेको कुरा उदुृत गर्दै प्रहरीले भन्यो, ‘साँझ म ट्वाइलेटमा गएको वेला ऊ सलको पासो लाएर झुण्डिछ, मैले देख्ने वित्तिकै निकालेर अस्पताल लगेको हुँ।’

तर, युवतीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा आइतबार बेलुका ८ बजे मृत्यु भएको घोषणा गरिएको थियो।  त्यसपछि युवकलाई अस्पतालबाट पक्राउ गरिएका बालाजु वृत्तका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए।

 युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यो विषय निक्र्यौल हुने उनले बताए।