मरेको मान्छे जिउँदो फर्किएको देखेर ‘हर्ट अट्याक’ आउँदा इमामको मृत्यु !

मरेको मान्छे जिउँदो फर्किएको देखेर ‘हर्ट अट्याक’ आउँदा इमामको मृत्यु !


काठमाडौं । डाक्टरले नै मृत घोषणा गरेर मसानघाट पुर्‍याइएको व्यक्ति जिउँदो फर्किएको कुरा पत्याउन गाह्रो हुन्छ ।

साउदी अरबको माराकेचमा एउटा यस्तै अचम्मको घटना भएको छ । अचम्म मात्रै होइन, मरेको मान्छे जिउँदो फर्किएको देख्ने एक व्यक्तिले ज्यान नै गुमाएका छन् ।

‘लाइभ इन साउटी अरेबिया’ नामक अनलाइनका अनुसार मृत घोषणा गरिएका व्यक्तिको अन्तिम संस्कारका क्रममा मुस्लिम समुदायका मस्जिदका इमाम नमाज पढ्ने तयारी गरिरहेका थिए । तर मरेका मान्छे एकाएक उठे ।

यस्तो घटना देखेपछि इमामलाई ‘हर्ट अट्याक’ (हृदयघात) आयो र उनी ढले । अन्तिम संस्कारको तयारी गरिरहेका सबै मान्छे अचम्ममा परे । इमाम ढलेपछि समस्यामा परेका सर्वसाधारणले उनलाई अस्पताल लैजाने तरखर गरे । तर इमामको हृदयघातका कारण मृत्यु भयो ।

अन्तिम संस्कारको तयारी भइरहेका व्यक्तिलाई अस्पतालका डाक्टरले समेत मृत घोषणा गरेका थिए । तर उनी एकाएक जिउँदो फर्किनु अचम्मको विषय बन्यो । त्यो देखेर हृदयघातका कारण इमामको मृत्यु हुनु दुःखद घटना बन्यो ।

डाक्टरले मृत घोषणा गरेको भएपनि ती व्यक्तिको मृत्यु नभएको हुनसक्ने अनुमान गर्न थालिएको छ । उनको स्वास यति मन्द भएको थियो कि डाक्टरले समेत बिस्तारै स्वास लिइरहेको थाहा पाएनन् र मृत घोषणा गरिदिए ।

मरेको भनिएको मान्छे जिउँदो फर्किएपछि ढलेका इमामलाई सर्वसाधारणले अस्पतालसम्म पुर्‍याउनै पाएनन् । उनको तत्कालै मृत्यु भयो । घटनाबारे थाहा पाउने व्यक्तिहरू अचम्ममा परेका छन् ।