वाम उम्मेदवार दीपकको प्रश्नः १८वर्षदेखि सरकारमा बसेर केही नगर्ने अनि विकासको मुल फुटाएको भन्ने?

वाम उम्मेदवार दीपकको प्रश्नः १८वर्षदेखि सरकारमा बसेर केही नगर्ने अनि विकासको मुल फुटाएको भन्ने?


पुष्कर भट्ट
कञ्चनपुर– संयुक्त वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्टले वषौँदेखि नियमित सरकारमा बसेकाले विकासको मुल फुटाएको भन्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्।

 

 

 

भीमदत्त नगरपालिका–७ हल्दुखालमा चुनावी सभा सम्बोधन गर्दै संयुक्त वाम निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टले नियमित १८वर्षदेखि पटकपटक सरकारमा बसेर विकासको मुल फुटाएको भन्नु लज्जास्पद भएको टिप्पणी गरे।

 

 

उनले उल्टै कञ्चनपुरको विकासका लागि आएको संसदीय विकास कोष र सरकारीकोषको रकम समेत दुरुपयोग भएको आरोप लगायदै यस्तो अवस्थामा विकासको मुल कहाँबाट फुट्छ?

 

 

 

संसदीय विकास कोष र सरकारले यस क्षेत्रको विकासका लागि दिने बजेटमा आफुले गरेको हुँ भन्दै फुर्ती मार्नु असल नेताको गुण बाहिरको कुरो भएको ठोकुवा गरे।

 

 

यस क्षेत्रबाट जितेर गएका सासदले नियमित पटकपटक सरकारमा बसेर यस क्षेत्रको समग्र विकास र सीमा सुुरक्षा राष्ट्रियता लगायत विविध विषयमा चुईक्कसम्म नबोलेका कारण यस क्षेत्रको समस्या ज्यूँका त्यूँ रहेको समेत दावी गरेका छन्।

 

 

चुरे क्षेत्र, खानेपानी, सडक संञ्चार, विद्युत, शिक्षा, यातायात, कृषि लगायतका विभिन्न मानविय आधारभूत आवश्यकताका विषय यथास्थितीमा रहेको उनको भनाई छ।

 

 

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालमा महाकालीमा पुल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका पालामा दोधाराचाँदनीमा सुक्का बन्दरगाह निर्माणको काम अघि बढेको समेत दावि गरे। कांग्रेस

 

 

सभापति शेरबहादुर नेतृत्वको सरकार झुटको खेती गरिरहेको आरोप लगाउदै उनले एमाले माओवादीले गरेका जनमुखी कामलाई आफूले गरेको भनेर प्रचार गर्नु हास्यास्पद भएको बताए।

 

 

‘देउवा र कांग्रेस भित्रको अधिनायकवादले उनीहरुभित्र कति प्रजातन्त्र रहेको छ, भनेर सोझै बुझ्न सकिन्छ,’ उनले भने, ‘कम्युनिष्टले प्रजातान्त्रिक पद्दती अनुसार काम गरेका छन्।’

 

ब्रम्हदेबदेखि तिङकर जोड्ने सडकको बजेट कता गयो, ‘उनले भने, ‘एकीकृत महाकाली सन्धि भएको वषौँ वितिसक्दा पनि दोधारा चाँदनीबासीले ३५० क्युसेक पानी कहिले पाउने प्रशन गर्नुभयो।’

 

 

 

महाकाली अञ्चल अस्पताल रेफर सेन्टरको विकास विकसित हुँदा सांसदहरुले लाज मान्नु पर्दैन्, चुरे क्षेत्रमा खानेपानीको हाहाकार छ, गाउँ दुर दराजका समस्या उस्तैछन्, समयमै किसानले मलखाद पाएका छैनन्।