एजेन्सी – पछिल्लो समयमा दीपिका पादूकोण निर्देशक मेघना गुलजारसँग फिल्म छपाकको प्रबद्र्धनमा व्यस्त रहेकि छन् । यो फिल्म १० जनवरीमा रिलिज हुदैछ । यद्यपि रिलिजको ठिक पहिले फिल्म कानुनी समस्यामा परेको जस्तो देखिएको छ ।
दीपिकाको यो फिल्ममा कहानी चोरीको आरोप लागेको छ । राकेस भारती नामक एक लेखकले बम्बे उच्च न्यायालयमा उजुरी दर्ता गरेका छन् । राकेशको आरोप छ कि यो फिल्म उनले लेखेको कहानीबाट प्रेरित भएको छ र यसैले उनलाई लेखकको जस दिइयोस् ।
राकेशकोे उजुरी अनुसार २०१५ मा उनले भारतीयय मोसन पिक्चर्स प्रोड्यूसर्स एसोसिएसनमा यसको दर्ता गराएका थिए । सुरुमा उनले फिल्मको नाम ‘ब्ल्याक डे’ सोचेका थिए । विगत ४ वर्षदेखि उनी स्क्रिप्टमा काम गरिरहेका छन् । यो अवधिमा उनले कैयौ कलाकार तथा फक्स स्टार स्टुडियोलाई पनि फिल्मको कहानी सुनाएका थिए । भारतीका अनुसार केही कारणले उनको यो प्रोजेक्टमा ढिलासुस्ती भएको हो ।
भारतीका वकिल अशोक सरोगीका अनुसार, जब राकेशलाई थाहा भयो कि मेघना गुलजार तथा फक्स स्टार स्टुडियोले उनको आइडियामा फिल्म बनाइरहेका छन्, उनले यसको उजुरी निर्मातासँग गरे । कुनै जवाफ नपाएपछि उनले उच्च न्यायालयमा उजुरी दर्ता गरेका हुन् ।
भारतीले आफूलाई फिल्मको लेखकको रुपमा जस दिइयोस र विशेषज्ञको नियुक्ति गरियोस भन्ने माग राखेका छन् । उनले आफ्नो स्क्रिप्ट र फिल्मको कहानीको समानताको जाँच गर्न समेत माग गरेका छन् । पछिल्लो जानकारी अनुसार अदालतले यो विषयमा २७ डिसेम्बरमा सुनुवाई गर्नेछ ।
प्रतिक्रिया