डाभोस – बलिउड स्टार दिपिका पादुकोणले डिप्रेसनको सामना कसरी गरिन् भन्ने विषयमा बोलेकि छन् । मानसिक स्वास्थ्य संकटको समयमा यसलाई छल्नका लागि उनले व्यापक सार्वजनिक छलफलको आवश्यकता भएको बताएकी छन् ।
भारतकै सर्वाधिक पारिश्रमिक पाउने नायिका पादुकोणले लोकप्रियताको उचाइमा पगको समयमा भएको मानसिक स्वास्थ्यको अनुभवको बारेमा बताएकी छन् ।
‘मैले कम अपेक्षा गरेको समयमा म मानसिक बिमारीको सिकार भएँ,’ पादुकोणले गत साता बताएकि थिइन् ।
‘मेरो र सामान्य बुझाई भनेको म आफ्नो पेशामा सफलताको शिखरमा थिएँ,’ स्वीट्जरल्यान्डको डाभोसमा आयाजना भएकोे वल्र्ड इकोनोमिक फोरममा उनले बताइन् ।
पादुकोणलाई २०१४ मा डिप्रेशन भएको पत्ता लागेको थियो । ३० चलचित्र खेलिसकेकी ३४ वर्षीय सेलेब्रेटिले आफूलाई आफ्नी आमाले लक्षण देखेको र मेडिकल सहयोगका लागि आग्रह गरेकोमा भाग्यमानी सम्झेकी छन् ।
यद्यपि मानसिक बिमारीको सेरोफेरोमा सचेतनाको अभावका कारण पीडित यसका किसिमको रोगबाट बाहिर आउनका लागि मुश्किल भएकोे टिप्पणी उनले गरेकि छन् ।
भारतमा मात्रै पुरै जनसंख्याको ७।५ मानिस कुनै किसिमको मानसिक बिमारीबाट प्रभावित हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
आपूm मानसिका बिमारी भएकै कारण पादुकोणले २०१५ मा अन्य प्रभावितहरुलाई सहयोग गर्नका लागि ‘लिभ, लभ, लाफ फाउन्डेसन’को स्थापना गरेकी थिइन् । यो परोपकारी संस्थाले मानसिक स्वास्थ्यको विषयमा सचेतना विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया