काठमाडौं– दक्षिण एसिया तथा दक्षिण पुर्वी एसिया मामिला हेर्ने अमेरिकी उपसहायक रक्षामन्त्री जोशेफ फेल्टर नेपाल भ्रमणको क्रममा काठमाडौ आईतवार आईपुगेका छन् ।
मन्त्री फेल्टरले नेपाल भ्रमणको क्रममा प्रधानसेनापति पुर्णचन्द्र थापा,रक्षामन्त्री ईश्वर पोखरेललगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सेनाको प्यासेफिक कमाण्ड हेर्ने जनरल एडमिरल फिलिप एस.डेभिसनको गत महिना मात्र नेपाल भ्रमण भएको थियो ।
नेपालका लागी अमेरिकी राजदूत रेण्डि बेरीले उपसहायकमन्त्री फेल्टरको भ्रमणले नेपाल र अमेरिकाबीचको रक्षासम्बन्ध अझ मजबूत बन्ने बताए । उनकाअनुसार फेल्टर ८ वर्षपछि अमेरिकाबाट नेपाल भ्रमण गर्ने उच्च रक्षा अधिकारी हुन् ।
अमेरिकाले नेपाली सेनालाई सैन्य सहयोग गर्दै आएको छ । नेपाली सेनाका लागी अमेरिकाबाट समेत हतियार खरिद गर्ने तयारी भइरहेको छ । सेनालाई अमेरिकाले जहाज समेत सहयोग गर्ने बचन दिइसकेको छ । त्यसैगरी हाल अमेरिकी सेना र नेपाली सेनाबीच मुस्ताङमा माउण्टेन वारफेयर संयुक्त अभ्यास चलिरहेको छ ।
अमेरिकी उपसहायक रक्षामन्त्रीको भ्रमणलाई सरकार र सेनाले गोप्य राखेको छ । रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले अमेरिकी मन्त्रीले सोमबार रक्ष्ाँमन्त्री पोखरेललाई भेट्ने कार्यक्रम रहेको बताए ।
प्रतिक्रिया