दिल्ली हिंसा :ज्यान गुमाउनेको संख्या १८ पुग्यो

दिल्ली हिंसा :ज्यान गुमाउनेको संख्या १८ पुग्यो


एजेन्सी- नयाँ दिल्लीमा भएको दसककै भयानक हिंसामा मर्नेको संख्या १८ पुगेको छ । यो हिंसा विवादास्पद नयाँ भारतीय नागरिकता कानुनको समर्थन र बिरोध गर्नेबीच आइतबारबाट सुरु भएको थियो । हिन्दु र मुश्लीम समूहबीच धार्मिक विषयमा यो हिंसा केन्द्रीत भएको छ ।

यो भिडन्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो औैपचारिक भ्रमणको समयमा भएको हो । यो हिंसा राजधानीको केन्द्रबाट १८ किलोमीटर उत्तरपूर्वमा मुश्लीम बाहुल्य रहेको क्षेत्रमा भएको हो ।

आलोचकहरुले मुश्लिम बिरुद्ध भएको मान्दै आएको नागरिकता संशोधन कानुनको बिरुद्धमा व्यपाक बिरोध हुदै आएको छ । गत वर्ष पारित भएदेखिनै उक्त कानुनको बिरोध हुदै आएको छ । ट्रम्पलाई पत्रकार सम्मेलनको समयमा उक्त हिंसाको बारेमा सोधेकोमा उनले यसबाट उम्कने प्रयास गरेका थिए । यो घटना भारतलेनै सम्हाल्ने उनले बताएका छन् ।