दिल्ली प्रहरीद्वारा माेस्ट वान्टेड राजेश भारतीसहित चारको इन्काउन्टर

दिल्ली प्रहरीद्वारा माेस्ट वान्टेड राजेश भारतीसहित चारको इन्काउन्टर


काठमाडौं– दिल्लीको छतरपुर इलाकामा प्रहरीले माेस्ट वान्टेड राजेश भारतीसहित चार जनाको इन्काउन्टर गरिदिएको छ।

दिल्ली प्रहरीको स्पेशल फोर्ससँग भएको उक्त भिडन्तमा ६ प्रहरी घाइते भएका छन्, भने अपराधिक समूहका थप एक जना घाइते बनेका छन्।

भारती प्रहरीले एक लाख इनाम राखेका अपराधी हुन्। भारतीका विरुद्ध दिल्ली प्रहरी लगायत विभिन्न राज्यमा एक दर्जनभन्दा बढी उजुरी परेका थिए।

स्पेसल फोर्सका डिएसपी सञ्जिव यादवलेका अनुसार भिडन्तमा ६ प्रहरी समेत घाइते बनेका छन्।

यसभन्दा अगाडि पक्राउ परेर समेत फरार भएका भारती ठूलै घटना घटाउने उद्देश्यका साथ छतरपुर आएको सूचनाका आधारमा प्रहरीले उनीहरुमाथि कारबाही गरेको हो। भारती छतरापुर आफ्नो समूह नै लिएर आएका थिए।

आफूहरुले आत्मसमर्पणका लागि अनुरोध गरे पनि उनीहरुले फायरिङ सुरु गरेपछि प्रहरीले जवाफी कारबाही गरेको जनाएको छ। घाइते बनेका एक अपराधीलाई उपचारका लागि प्रहरीले अस्पताल पु¥याएको छ भने धाइते प्रहरीको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।