नेपालमा डेंगु संक्रमितको संख्या ८ हजार नाघ्यो, सबैभन्दा धेरै गण्डकीमा

नेपालमा डेंगु संक्रमितको संख्या ८ हजार नाघ्यो, सबैभन्दा धेरै गण्डकीमा


काठमाण्डु– नेपालमा डेंगु संक्रमितको संख्या बढेको छ ।

नेपालका ७५ जिल्लामा ८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण देखिएको हो ।

देशका ७५ जिल्लाका ८ हजार एक सय ५९ जनामा डेंगी संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पछिल्लो ८ महिनामा डेंगी संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३ हजार ८ सय ६३ जना, बागमतीमा २ हजार ७४, कोशी प्रदेशमा ९ सय ४४, लुम्बिनीमा ५ सय ५६, सुदूरपश्चिममा ४ सय ६४ जनामा डेंगी संक्रमण देखिएको छ भने सबैभन्दा कम संक्रमण मधेस र कर्णाली प्रदेशमा छ । मधेस प्रदेशमा एक सय ४० र कर्णालीमा एकसय १८ जना डेंगीबाट संक्रमित भएका छन् ।