डेङ्गी फैलिन नदिन आजदेखि सरसफाइ अभियान सुरु

डेङ्गी फैलिन नदिन आजदेखि सरसफाइ अभियान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-डेङ्गीको महामारी फैलन नदिन आजदेखि देशैभर सरसफाइ अभियान सुरु भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजेर १० मिनेटमा देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसँगै शुक्रवारदेखि अभियान सुरु गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले आज बिहान १० बजे देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको बताए ।

केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको हो ।

सरकारको निर्णयसँगै ‘लामखुट्टे खोजी र नष्ट’ अभियान अन्तर्गत सिंहदरबारमा समेत सरसफाइ गरिएको छ । डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियानलाई निरन्तरता दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेङ्गी संक्रमण फैलिएको हो । ७६ जिल्लामा २२ हजार बढीमा डेङ्गी संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भइसकेको छ ।