काठमाण्डु- एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् । ऐरीले १ सय ३६ बलमा १०० रन पूरा गरे ।
त्यसक्रममा उनले ६ चौका प्रहार गरेका छन् । योसँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।
प्रतिक्रिया