डिजल छर्केर जिउंदै आगो लगाउने प्रयास

डिजल छर्केर जिउंदै आगो लगाउने प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन –भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउंदै आगो लगाउने प्रयास भएको छ ।

अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० मा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ«े चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो ।मोटरसाइकलमा आएका व्यक्तिसंग भएको कुराकानी बताउंदै सापकोटाले भने– तं गोकर्ण विष्ट होस् भने, मैले होइन भने, अर्काेले यहीं हो भन्यो र मलाई समाए ।” १९÷२० वर्ष उमेरको एउटा र ३५÷३६ वर्षको अर्काे एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उनले बताए ।

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भने, “डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भए ।” आफू भाग्न नसकेको भए आगो समेत लगाउने सापकोटाले बताए ।

हल्लाखल्ला भएपछि आफू भागेको र स्थानीयवासी जुटेपछि उनीहरु पनि भागेको सापकोटाले बताए । तत्काल सापकोटाले जिल्ला प्रहरी प्रमुख दीपक थापालाई फोन गरेपछि प्रहरी आएर अनुसन्धान थालेको छ । सापकोटा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काउराष्ट्र) का जिल्ला अध्यक्ष र नेपाल बार एशोसिएसन चितवनका साधारण सदस्य पनि छन् ।