काठमाण्डु–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्न जरुरी नभएको बताएका छन् ।
आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताए ।
उनले मुद्दा लागेको कुरा अदालती विषय भएको भन्दै कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो–हल्ला नगरेको उल्लेख गरे ।
उनले भने ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो–हल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’
देउवाले पूर्वसहमतिअनुसार कांग्रेस– एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।
प्रतिक्रिया