काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि बिहीबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बेइजिङ जाने कार्यक्रम स्थगित भएको छ ।
चिनियाँ विदेशमन्त्री पर्सि शुक्रबार छेन्दुमा रहने भएकाले परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमणको तयारीको सन्दर्भमा अब परराष्ट्रमन्त्री डा. देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छेन्दुमा भेटघाट हुनेछ । त्यसका लागि मन्त्री देउवा भोलि बिहीबार छेन्दु प्रस्थान गर्ने स्रोतले जनाएको छ ।
शुक्रबार छेन्दुमा चिनियाँ विदेशमन्त्री वाङसँग भेटवार्तापछि परराष्ट्रमन्त्री देउवा स्वदेश फर्किने र पछि प्रधानमन्त्री ओलीसँगै भ्रमण दलमा सहभागी भएर बेइजिङ जाने तय भएको छ ।
प्रतिक्रिया