काठमाण्डु– पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे आलोचना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे छलफल गर्ने भएका छन् ।
देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीबार छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् । पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
सभापति देउवाले संसदीय दलको कार्यसमितिले मन्त्रीहरू जनताका काम नगरेर आलोचना भइरहेकोबारे प्रश्न गर्ने छन् । गृहमन्त्री रमेश लेखकले संसद् बैठक बस्नुअघिको वामवर्क बैठक भएकाले मन्त्रीहरूले के–के काम गरिरहेका छन् जानकारी गराउने बताए ।
सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर कांग्रेसभित्र प्रश्न उठिरहेको छ । त्यस बिषयमा पनि बैठकमा छलफल हुनेछ ।
निकटस्थ स्रोतले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेकाले त्यसबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
कांग्रेसबाट सरकारमा सहभागी भएका पर्यटनमन्त्री बद्री पाण्डे, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक तथा कानुनमन्त्री अजय चौरासियाको कामबारे पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ ।
प्रतिक्रिया