काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर दुई तीन दिनभित्रै नियुक्ति हुने बताएका छन् ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुको बैठकमा उनले गभर्नरको विषयमा उक्त ब्रिफिङ गरेका हुन्।
देउवाले गभर्नर बन्ने व्यक्तिको नाम उल्लेख नगरी राम्रो मान्छे गभर्नर बनाउने र दुई/तीन दिनमै नियुक्ति गर्ने बताए ।
बुधबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेसनिकट गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ।
प्रतिक्रिया