कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। एमालेसँगको सहमतिपछि देउवाले बिहान ९ बजे आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्।

बैठक नेकपा एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । बैठकले एमालेसँग सत्ता साझेदारीका विषयमा भएको समतिलाई अनुमोदन गर्ने नेताहरूले बताएका छन् ।

साेमबार राति देउबाले एमालेसँग सात बुँदे सहमति गर्दै वर्तमान गठबन्धन भत्काएका छन्। जसअनुसार सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने भएका छन् । दुई दलबीच भएको सहमतिअनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

दुवै दलबीच प्रदेश सरकारमा समेत भागवण्डा गर्ने सहमति भएको छ । नयां सहमति अनुसार अब एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।

मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । नयां गठबन्धनमा अशोक राई नेतृत्वको जसपा र सिके रावत नेतृत्वको जनमत समेत सहभागी हुने भएकाले दुवै मध्ये एउटाले मधेश सरकारको नेतृत्व पाउने सम्भावना छ ।