महासमिति बैठक बोलाउने देउवाको तयारी

महासमिति बैठक बोलाउने देउवाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसंग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्।

 

 

 

देउवानिकट नेता बालकृष्ण खांणले शुक्रबार कुरा गर्दै सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए । उनले भने, ‘समानुपातिकको नतिजा आएसंगै सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र एक महिनाभित्रै महासमिति बैठक डाक्ने बारेमा परामर्शमा हुनुहुन्छ।’

 

 

 

कांग्रेसको विधानमा एक वर्षमा एकचोटि महासमिति बैठक बस्ने व्यवस्था गरिएको छ। देउवा कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वा्चित भएको दुई वर्ष पुग्नै लाग्दा पनि एकपटक पनि महासमिति बैठक बसेको छैन।

 

 

सभापति देउवाले पार्टी संरचनालाई पनि पूर्णता दिन सकेका छैनन्। केन्द्रीय कार्यसमितिमा सदस्य मनोनयनदेखि पार्टीका अधिकांश विभागले समेत पूर्णता पाएका छैनन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।