पत्नी आरजुसहित बालकोट पुगेर कांग्रेस सभापति देउवाले भेटे एमाले अध्यक्ष ओली

पत्नी आरजुसहित बालकोट पुगेर कांग्रेस सभापति देउवाले भेटे एमाले अध्यक्ष ओली


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवासहित बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

शनिबार कांग्रेस सभापति देउवाले ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् ।

दिउँसो सवा ३ बजेतिर भएको भेटमा सभापति देउवा, ओली र आरजुबीच कुराकानी भएको छ । भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।