नयाँ सरकार गठनको प्रयासमा सत्ता गठबन्धन

नयाँ सरकार गठनको प्रयासमा सत्ता गठबन्धन


काठमाण्डु- निर्वाचनको नतिजा सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरू गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नयाँ सरकार गठनको प्रयासमा जुटेका हुन् ।

गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढने भन्ने बारेमा सोमबार देउवा, प्रचण्ड र अध्यक्ष नेपालले छलफल गरेका छन् ।

समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्योल हुने भएपछि सत्तारुढ गठबन्धनले आवाश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्ने जनाइएको छ ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हालको सत्ता गठबन्धन फुटाउने रणनीतिमा लागेका छन् । केही दिन अगाडि अध्यक्ष ओलीले गठबन्धन तोड्न देउवा र प्रचण्डसँग टेलिफोनमार्फत कुरासमेत गरेका थिए ।