प्रधानमन्त्री देउवालाई स्वागत गर्न विमानस्थल आफै किन् पुगिन सुष्मा स्वराज ?

प्रधानमन्त्री देउवालाई स्वागत गर्न विमानस्थल आफै किन् पुगिन सुष्मा स्वराज ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री  शेरबहादुर देउवा आज पांचदिने भ्रमणको क्रममा दिल्ली पुगेका छन् । देउवालाई दिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री  सुष्मा स्वराजले स्वागत गरेकी थिईन । 

 

प्रधानमन्त्री देउवा  भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा सहित ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै भारत भ्रमणमा छन् ।  देउवा मन्त्रीहरु कृष्णबहादुर महरा,जितेन्द्र देव,ज्ञानेन्द्र बहादुर कार्की र मिन विश्वकर्मासहित भारतीय राष्ट्रपति भवनतर्फ लागेका छन्  ।

 

 

देउवासहित १५ जनालाई राष्ट्रपति भवनभित्रै बस्ने व्यवस्था मिलाइएको छ । देउवाले आजै भारतिय मन्त्री पियुश गोयलसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

त्यसैगरी, प्रधानमन्त्रीले आजै भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम समेत छ ।

 

 

यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका

पहिलो दिन
-भारत भ्रमणका क्रममा भारतीय विद्युत मन्त्री पियुस गोयलसंग भेटवार्ता
-दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरको कार्यक्रमा सहभागी  
-प्रवासी नेपालीको कार्यक्रममा सहभागी हुने
-एभरेष्ट चेम्बर अफ कमर्शका पदाधिकारीहरुसंग भेटघाट  तथा छलफल
-दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने  

दोस्रो दिन
-विदेशमन्त्री सुष्मा स्वराजसंग भेटवार्ता
-गार्ड अफ अनर दिने कार्यक्रममा सहभागी
-महात्मा गान्धीको समाधिस्थलमा श्रद्धान्जली दिन राजघाट जाने
-प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता,त्यसलगत्तै संयुक्त वक्तव्यमा हस्ताक्षर
-गृहमन्त्री राजनाथ सिंह र वित्त मन्त्री अरुण जेटलीसंग भेटवार्ता
-राष्ट्रपति रामनाथ कोबिंद र  उपराष्ट्रपति बैकैया नायडुसंग भेटवार्ता

तेश्रो दिन
-विजेपीका महासंचिव राम माधवले नेतृत्व गरेको संस्था इण्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी  
-दिउसो बायु सेनाको विशेष विमानबाट हैदराबाद जाने कार्यक्रम

चौथो दिन
-प्रधानमन्त्री देउवा पत्नी आरजु देउवासहित आन्ध्र प्रदेशमा रहेको तिरुपति मन्दिर दर्शन गर्न जाने
-बिहारको गयाको कार्यक्रममा सहभागी हुने

पांचौ दिन
-प्रधानमन्त्री देउवा गयाबाट दिल्ली हुंदै नेपाल एयरलायन्सको उडानबाट काठमाडौं फर्किने