कांग्रेस एक हुन्छ, पार्टीभित्र कुनै समस्या छैन : सभापति देउवा

कांग्रेस एक हुन्छ, पार्टीभित्र कुनै समस्या छैन : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् ।

बिहीबार देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले  भने,‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिवेला कुनै समस्या छैन ।’

उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्नेपनि दाबी गरे । उनले भने,‘मंसिर २८ गतेदेखि महासमिति बैठक बस्छ, अब बैठक सर्दैन् । हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौं ।’ कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेपनि उनले बताए ।