प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीबीच चर्काचर्की

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीबीच चर्काचर्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेशका अस्थायी राजधानी तोक्ने विषयमा निर्णय गर्न बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीबीच चर्काचर्की भएको छ ।

 

प्रधामनन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधान तथा उर्जामन्त्री कमल थापा र बाणिज्यमन्त्री सुनीलबहादुर थापाको अडानका कारण प्रधानमन्त्रीले पेस गरेको प्रदेशको अस्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्तावमा निर्णय हुन सकेन । प्रधानमन्त्रीले मन्त्रिपरिषदमा पेस गरेको प्रस्तावमा प्रदेश नम्बर–१ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढी रहेको  छ ।

 

प्रधानमन्त्रीको प्रस्ताव सुन्ने बित्तिकै उपप्रधानमन्त्री थापाले प्रदेश ३ को राजधानी आफ्नो गृहजिल्ला मकवानपुरको हेटौंडालाई बनाउनुपर्ने अडान राखे । उनले भक्तपुरभन्दा धेरै अर्थमा हेटौंडा प्रदेश राजधानीका लागि उपयुक्त स्थान भएको तर्क गरे ।

 

प्रदेशका सबै जिल्लाहरुको केन्द्रमा पर्ने, पूर्वपश्चिम राजमार्ग जोडिएको तथा औद्योगिक नगरी हेटौंडा बाहेक अन्यत्र प्रदेश राजधानी हुन नसक्ने उनको जिकिर थियो ।

 

यस्तै राप्रपा प्रजातान्त्रिकका मन्त्री सुनील थापाले अन्यत्रको प्रस्तावमा आफ्नो समर्थन रहे पनि प्रदेश १ को राजधानी विराटनगर नभई धनकुटा हुनुपर्ने जिकिर गरे । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनील धनकुटाका स्थायी बासिन्दा हुन् । मन्त्रीहरुको आपत्तिका कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक दिउ“सो ४ बजेका लागि स्थगन गरेका छन् ।