यस्ता छन् देउवा सरकारका नया रक्षामन्त्री ?

यस्ता छन् देउवा सरकारका नया रक्षामन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधान रक्षामन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक नेपाली कांग्रेसहित माओवादी,फोरम लोकतान्त्रिक र नेकपा संयुक्तलाई समेटेर मन्त्रीपरिषद विस्तार गरेका हुन ।

नेपाली कांग्रेस काठमाण्डौका पुर्व सभापति रहेका प्रधानलाई प्रधानमन्त्री देउवाले वुधवार रक्षामन्त्रालयको जिम्मेवारी दिएका हुन ।

कांग्रेस नेता प्रधान, मन्त्रीको रुपमा भने पहिलो पटक देउवा सरकारमा सहभागी भएका   हुन । नवनियुक्त रक्षामन्त्री प्रधानसंग सरकार संचालनको अनुभव भने छैन् ।

 

कांग्रेस नेता कृष्ण सिटौलाको सिफारीसमा प्रधान मन्त्री नियुक्त भएका हुन । उनि कांग्रेसभित्र सिटौला निकट नेताका रुपमा चिनिन्छन् । काठमाण्डौ क्षेत्र नम्वर ६ बाट निर्वाचित सांसद प्रधान प्राध्यापक पेशावाट राजनितिमा आएका हुन ।

 

नवनियुक्त रक्षामन्त्री प्रधानले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने बताए । “भर्खरै मन्त्रीको रुपमा नियुक्त भएको छु, यो मेरो लागी नया क्षेत्र पनि हो, तर पनि रक्षामन्त्रालयको सुधार र सेनाको आधुनीकरणको लागी सक्ने प्रयास गर्छु । ” मन्त्री प्रधानले काठमाण्डौपाटीसंग भने ।