नेपालको तेस्रो विकेट गुम्यो, ७६ रन बनाएर देव खनाल आउट

नेपालको तेस्रो विकेट गुम्यो, ७६ रन बनाएर देव खनाल आउट


काठमाण्डु – क्यानडा विरुद्धको दोस्रो १ दिवसीय क्रिकेटमा नेपालका देव खनाल ७६ रन बनाएर ‘आउट’ भएका छन् ।

चौथो नम्बरमा ब्याटिङमा आएका उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका छन् । उनले कप्तान रोहित पौडेलसँग मिलेर १५० रनको साझेदारी गरेका छन् ।

उनी आउट भएपछि भीम सार्की मैदानमा आएका छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपाल ३४.३ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएर खेलिरहेको छ ।