देव गुरुङकाे प्रष्टिकरण : ‘विप्लवको तरिकाले गइयो भने देशकै अस्तित्व समाप्त हुन्छ’

देव गुरुङकाे प्रष्टिकरण : ‘विप्लवको तरिकाले गइयो भने देशकै अस्तित्व समाप्त हुन्छ’


काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई नभई उसका गैह्कानुनी गतिविधिमाथि मात्रै नियन्त्रण गरेको बताएका छन्।

शुक्रबार रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै एवम् स्थायी समिति सदस्य समेत रहेका नेता गुरुङले विदेशी शक्तिहरुबीच टकराव चलिरहेका बेला आन्तरिक द्धन्द्धमा हिजोकै तरिकाले जान खोजियो भने देशकै अस्तित्व समाप्त हुने चेतावनी समेत दिए ।

उनले राजनीतिक रुपले समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए । प्रजातन्त्रका लागि गरिएको संघर्ष र अहिलेको अवस्था भिन्न रहेको भन्दै उनले विगत र वर्तमानलाई तुलना नगर्न आग्रह गरे । उनले भने, ‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ ।’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भ्रष्टाचार महँगी, कुशासनबाट आक्रान्त भएका जनताले विकल्पमा राजसंस्था रोज्ने खतरा रहेको औल्याए । उनले भने, ‘देशमा राजा फर्काउने खेल भैरहेको छ । सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसकेको छ ।’