ढोरपाटनका मेयर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो माग

ढोरपाटनका मेयर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो माग


काठमाण्डु– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बाग्लुङ ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो मागदाबी गरिएको छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोत्रपत्र अनुसार २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो माग गरिएको हो ।

उनी सूर्यदर्शन सहकारीको उपाध्य पदमा रहेका बेला अपचलन भएकोमध्ये उक्त डेढ करोड रकम नेपालीले अपचलन गरेको उल्लेख गरिएको छ ।

इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा पुर्पक्षमा अहिले बाग्लुङ कारागारमा रहेका छन् ।