राष्ट्रिय वाणिज्य बैंकको सिइओमा खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा खनाल नियुक्त


काठमाण्डु- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र खनाल नियुक्त भएका छन् ।

बैंकको सिइओ बन्न पाँच जनाको नाम सङक्षिप्त सूचीमा परेका चार जनालाई पछि पार्दै खनाल सिइओ बनेका हुन् । बैंक संचालक समितिको जेठ १० गते बसेको बैठकले रिक्त रहेको सिइओमा खनाललाई नियुक्ति गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उप–समितिले पाँच जना उम्मेदवारको नाम सट थियो । समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर के।सीको नाम प्रकाशन गरेको थियो । उनीरहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि भने खनालाई सिइओ बनाएको हो ।

यसअघि खनाल राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए । डेढ दशक बढीको बैंकिङ्ग अनुभव भएका खनाल राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम सिइओको जिम्मेवारीमा रहेका थिए । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु जिम्मेवारी दिइएको थियो । एमबीए गरेका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।