भूमि समस्या समाधान गर्नुपर्छ : सभामुख घिमिरे

भूमि समस्या समाधान गर्नुपर्छ : सभामुख घिमिरे


काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले मुलुकमा देखिएको भूमि सम्बन्धी समस्या समाधानका लागि सरकार र भूमि आयोगले यथाशक्य समाधान गर्नुपर्ने बताएका छन् ।

झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेको जग्गाको स्वामित्व सम्बन्धी समस्याका समाधानका लागि शुक्रबार आयोजना गरेको सरोकारवाहरूसँगको अन्तरक्रियामा सभामुख घिमिरे भूमि सम्बन्धी समस्या समाधानमा देखिएको समस्या समाधान गर्न सरकार र आयोगले लाग्नुपर्नेमा जोड दिए ।

विक्रम संवत् २०२०/२१ देखि भूमि सम्बन्धी समस्या भए हालसम्म समस्या समाधान नभएको बताउँदै उनले भने, ‘व्यवस्था परिवर्तन भए अवस्था उस्तै छ तर समाधानका लागि निरन्तर लाग्नुपर्छ, इमान्दार र जिम्मेवार भएर सबै लाग्नुपर्छ । नीतिगत समस्या छ भने नयाँ ऐन बनाएर समस्या समाधान हुनुपर्छ ।’

भूमि आयोगले समस्या समाधान गर्नुपर्ने भए राजनीतिक अस्थिरताका आयोगले काम गर्न नसकेको बताउँदै उनले आयोगलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताए । गिरीबन्धु टि–स्टेटको जग्गा विवाद सम्बन्धित अड्डाले तत्काल गर्नुपर्ने बताउँदै सभामुख घिमिरेले भने, ‘छिटो गर्नुपर्छ, सक्ने नसक्ने, प्रधानमन्त्रीले गर्ने कि मन्त्रिपरिषद्ले गर्ने, जसले गरे पनि छिटो गर्नुपर्छ ।’