काठमाण्डु – विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै अवरुद्ध गरिरहेको प्रतिनिधिसभा बैठकमा आईतबार चर्काे गनगन सुनियो ।
अस्तिसम्म विपक्षी दलहरूले मात्रै अवरुद्ध गरिरहेको संसद्मा आईतबार सत्तापक्षबाट पनि चर्कै आवाज सुनियो ।
सत्तापक्ष, प्रतिपक्ष र राजावादीहरू आ–आफ्नो स्थानमा उठेर एकैपल्ट बोल्न थालेपछि संसद् भवनमा होलाहल मच्चियो । होहल्लाबीच सभामुख देवराज घिमिरे हेरेको हेर्यै भए ।
बैठक स्थगित गरेर सभामुख घिमिरेले दलका नेताहरूसँग छलफल गरे, संसद् चलाउन प्रयास गरे । तर दलहरूबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गरेको विषयमा प्रधानमन्त्री ओलीको जवाफ मागेका छन् ।
प्रतिक्रिया