काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सरकारले संसद् बैठक आह्वान नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार संघीय संसद् सचिवालयले नगरकोटमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सरकार संसद्सँग तर्किरहेको र तर्किन नहुने बताए ।
सभामुख घिमिरेले संसद्प्रति सरकार पूर्णरूपमा जवाफदेही हुनुपर्ने बताए । संसद्लाई सरकार जन्माउने आमाको रूपमा चित्रण गर्दै उनले सरकार आमाबाट टाढा हुन नहुने बताए । सरकार जन्म दिएकी आमाबाट टाढा हुने, तर्सिने र तर्किने गरेर हिँडिरहेको बताउँदै उनले सरकार संसद्बाट तर्किनु र तर्सिनु गलत हुने बताए ।
गत वैशाख ३० गते सुरु भएको संसद्को वर्षे अधिवेशन भदौ ३० गते अन्त्य गरिएकोमा त्यसपछि अधिवेशन आह्वान गरिएको छैन
प्रतिक्रिया