सरिता दवाडी वनिन् सिंचाई विभागको पहिलो महिला महानिर्देशक 

सरिता दवाडी वनिन् सिंचाई विभागको पहिलो महिला महानिर्देशक 


काठमाडौं – सिंचाई विभागको महानिर्देशकमा सरीता दवाडी नियुक्त भएकी छन् । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले दवाडीलाई महानिर्देशक नियुक्त गरेको हो । सिंचाई विभागका महानिर्देशक सरोज पण्डितलगायत दुई दर्जनमाथी अख्तियारले मुद्दा चलाएपछि उक्त पद रिक्त रहेको थियो । 

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै दवाडीलाई यसअघि नै कामु महानिर्देशकको जिम्मेवारी दिएका थिए । सिंचाई विभागअन्र्तगतको बहुउद्देश्यीय तथा सिंचाई महाशाखाको प्रमुख रहेकी दवाडीलाई मंगलवार मन्त्री पुनले उक्त विभागको जिम्मेवारी दिएका हुन् ।  

दवाडी खुल्ला उपसचिवमा सिधै सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनले महिला कोटामा नै खुल्लामा सहसचिवमा नाम निकालेकी थिईन । सिंचाई विभागको डिजीमा नियुक्तीसंगै दवाडी महिलो महिला डिजीको नाम लेखाउन समेत सफल भएकी छन् ।