सेना र सशस्त्रका साहसी उद्धारकर्ता, जोखिम मोलेर यसरी निकाले त्रिशूलीबाट ३१ शव (फोटो फिचर)

सेना र सशस्त्रका साहसी उद्धारकर्ता, जोखिम मोलेर यसरी निकाले त्रिशूलीबाट ३१ शव (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– शक्रबार धादिङको गजुरी–५ बांगेमोडस्थित त्रिशूली नदीमा बस खस्दा ३१ जनाको ज्यान गयो। राजविराजबाट काठमाडौं आउदै गरेको बस दुर्घटनामा परेपछि कयौंको उद्धार गरियो।

 

 

३१ जनाको शव फेला परेको छ।

 

 

दुर्घटनामा परेको यात्रुबाहक बसका सबै ३१ जना मृतकलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बसभित्रबाटै निकालेका थिए।

 

 

सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन केन्द्र कुरिनटारको टोली र नेपाली सेनाको टोली उद्धारका लागि त्रिशूली नदीमा गएको थियो।

 

 

 

सो क्रममा गोताखोर टोलीले १८ फिट मुनीबाट बसभित्र रहेका शव निकाल्न सफल भएको थियो।

 

शव निकाल्न भने उद्धार टोलीलाई शुक्रबार बेलुकासम्म समय लागेको थियो।