धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ

धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ


काठमाडौं – रसुवाको केरुङबाट नेपाल छिराइएको अवैध चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन्। बिहीबार राति गजुरी प्रहरीको सहयोगमा तीनजनालाई चार केजी सुनसहित पक्राउ गरेको प्रदेश ३ का डीआईजी दीपककुमार थापाले जानकारी दिए।

पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिका वडानम्बर–३ बस्ने २७ वर्षका संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिका ५ का २२ वर्षका सुरेन्द्र तामाङ र तारकेश्वरकै २४ वर्षका विकास तामाङ रहेका छन् । उनीहरूले मोटरसाइकलमा सुन ल्याउँदै गरको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

गल्छीबाट गजुरीतर्फ सुन लिएर आउँदै गरेको सूचनाको आधारमा उनीहरूलाई सुनसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुन चीनको केरुङ हुँदै रसुवागढीबाट धादिङ ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डीआईजी थापाले जानकारी दिए ।