लागूऔषध मुद्दामा पूर्व सांसद श्रेष्ठ पक्राउ

लागूऔषध मुद्दामा पूर्व सांसद श्रेष्ठ पक्राउ


काठमाण्डु – प्रहरीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद श्रेष्ठलाई बिहीबार पोखराबाट पक्राउ गरिएको छ ।

उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन ३ गते लागूऔषधसहित पक्राउ परेका रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मगरले लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए । समानुपातिक सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई कारवाही गरेको थियो ।