महामन्त्री ढकाललाई सभापति लामिछानेले प्रस्ताव पेश गर्न दिएनन्

महामन्त्री ढकाललाई सभापति लामिछानेले प्रस्ताव पेश गर्न दिएनन्


काठमाण्डु- रास्वपाका महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफूलाई प्रस्ताव पेश गर्न नदिएको बताएका छन् ।

समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि आज बसेको बैठकमा सभापति रवि लामिछानेले प्रस्ताव पेश गर्नबाट रोकेका हुन् ।

‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन,’ बैठकबाट बाहिरिने क्रममा संञ्चारकर्मीसँग उनले भने ।

बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसेका थिए ।