धनगढीका तीन आयल स्टोरमा सरकारको शिलबन्दी

धनगढीका तीन आयल स्टोरमा सरकारको शिलबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको धनगढीमा रहेका तीनवटा आयल स्टोरमा सरकारले शिलबन्दी गरेको छ।

मापदण्डभन्दा कम परीणाममा पेट्रोलियम पदार्थको बिक्रीवितरण गरी उपभोक्ता ठगी गरेको भन्दै संयुक्त अनुगमन टोलीले शिवशंकर जनरलस्टोर, मल्ल आयल स्टोर, हरि आयल स्टोरमा शिलबन्दी गरेको हो।

जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय र नेपाल आयल निगमको संयुक्त टोलीले अनुगमन गरेको थियो।

कैलालीका प्रशासकीय अधिकृत यादव प्रसाद भण्डारीले परीक्षणका क्रममा मापदण्ड भन्दा कम पदार्थ बिक्रि गरेको भेटिएपछि तीन वटै पप्पमा अर्को आदेश नभएसम्मका लागि शिलबन्दी गरिएको जानकारी दिए ।