धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल पसेपछि…

धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल पसेपछि…


काठमाण्डु – काठमाण्डुबाट आएको सौर्य एयरलाइन्सको जहाज धनगढीमा आकाशमा ‘होल्ड’ भएको छ । जहाज अवतरणका क्रममा धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि जहाज ‘होल्ड’ गरिएको धनगढी विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले जानकारी दिए ।

जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाज धनगढीको आकाशमा दुई मिनेट होल्ड गरिएको हो ।

दुई मिनेटपछि जहाज सुरक्षित अवतरण गरिएको जोशीले जानकारी दिए ।