कांग्रेस उपसभापति गुरुङसँग सहकारी ठगीमा सीआईबीको सोधपुछ

कांग्रेस उपसभापति गुरुङसँग सहकारी ठगीमा सीआईबीको सोधपुछ


काठमाण्डु – सहकारी ठगीमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ ।

गुरुङलाई सीआईबीमा बोलाएर सोधपुछ गरिएको एसपी होविन्द्र बोगटीले जानकारी दिए । सीआईबीमा गुरुङले करीब ५ घण्टा बयान दिएका छन् ।

यसअघि गत कात्तिक २८ गते प्रहरीले उनलाई ललितपुरको मितेरी बचतको रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो । गुरुङकी पूर्वपत्नी तथा सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जनाविरुद्ध जाहेरी परेको छ ।

धनराज र ज्योतिबीच २०७६ फागुन २९ गते ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको छ ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्धविच्छेद गरेकोबारे सोधपुछ गरेको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन भएको आरोप छ ।