सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले लियो बयान

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले लियो बयान


काठमाण्डु– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले)ले नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई सँग सोधपुछ गरेको छ । गुरुङलाई ब्युरोमा बोलाएर सहकारी ठगी प्रकरणमा सोधपुछ गरेको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा आएका थिए ।

मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।

ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ ।