चोकको नाममा विवाद हुँदा आज पनि झडप, गोली लागेर एक जना घाइते

चोकको नाममा विवाद हुँदा आज पनि झडप, गोली लागेर एक जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर– धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज (सोमबार) पनि झडप भएको छ ।

दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एकजना युवक घाइते भएका छन् ।

घाइते हुनेमा सहिदनगर–१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ । घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।