२२ तले धरहरा पुनर्निर्माणकाे शिलान्यास असारमा

२२ तले धरहरा पुनर्निर्माणकाे शिलान्यास असारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ।

धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ। धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले आजको गोरखापत्र दैनिकमा टेण्डर आह्वानसमेत गरेको छ।

धरहरा पुनःनिर्माणका लागि करीब  चार अर्ब लाग्ने लागत अनुमान गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए।

“एकतीस दिन टेण्डर फारम भर्ने अवधि तोकिएको छ, छनोट गर्न १५ दिन लाग्छ, असार तेस्रो सातासम्म धरहरा पुनःनिर्माणका लागि शिलान्यास हुन्छ”, उनले भने।

शिलान्यास भएको दुई वर्षमा धरहरा पुनःनिर्माण भइसक्ने प्राधिकरणले जनाएको छ । यसअघि सरकारले ‘हाम्रो धरहरा हामी आफैँ बनाउँछौँ’ अभियान शुरु गरेको थियो। अभियान अन्तर्गत  २४ करोड संकलन भएको छ।

धरहराको पुनःनिर्माण नेपाल टेलिकमले गर्ने प्रतिबद्धता जनाए पनि अढाइ वर्षपछि हात झिकेको थियो। टेलिकमले आफैँ पुनःनिर्माण नगरे पनि  एक अर्ब सहयोग गर्ने प्रतिबद्धता भने जनाएको छ। बाँकी रकम सरकारले व्यहोर्ने सहसचिव मानन्धरले बताए। रासस