पुस २०–२४ गतेसम्म ‘धरान उत्सव’ हुने

पुस २०–२४ गतेसम्म ‘धरान उत्सव’ हुने


काठमाण्डु – धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘धरान उत्सव’ आयोजना गर्ने भएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले पुस २०–२४ गतेसम्म धरान उत्सवको आयोजना गरिएको बताए ।

पुस २० गते विभिन्न संघसंस्थाका झाँकी र र्‍यालीले बजार परिक्रमापछि धरान उपमहानगरपालिका–१६ रंगशालामा उत्सवको उद्घाटन गरिने उनले जानकारी दिए । उनले भने, ‘उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते शुक्रबार उत्सव क्षेत्रमा बृहत् सरसफाइ गर्नेछ ।’

धरान उपमहानगरपालिका–१६ रंगशालाको दक्षिणपट्टिको खाली मैदानमापुस पुस २० गतेदेखि हुने उत्सवमा उद्घाटन कार्यक्रममा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिने कार्यक्रम राखिएको छ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिने नगर प्रमुख राईले जानकारी दिए ।