आजदेखि धरहरा निःशुल्क चढ्न पाइने

आजदेखि धरहरा निःशुल्क चढ्न पाइने


काठमाण्डु-सर्वसाधारणका लागि आजदेपख धरहरा खुला भएको छ । सरकारले निःशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ ।

सरकारले संविधान दिवसको अवसर पारेर आजखि केन्द्रीय प्रत्येक दिन ६ सय जनाले निःशुल्क धरहरा चढ्न पाउनेछन् । ६ सयमा एक सय कोटा अपांगता भएका तथा वृद्धृवृद्धाका लागि छुट्याइएको छ । प्रत्येक एक घण्टामा सय जनाले धरहरा चढ्नेगरी व्यवस्था मिलाइएको छ ।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहरा डट कम डट जिओबी डट एनपी नामक वेबसाइट खोलेको छ । वेबसाइटमार्फत बुकिङ गर्न सकिनेछ । प्राविधक समस्याका कारण वेबसाइट नखुलेमा जसले पहिले टिकट लिन्छ, उसलाई प्राथमिकता दिएर धरहरा चढ्न दिइने छ ।

आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाध अधिकारीका अनुसार धरहरा चढ्न तत्कालका लागि निःशुल्क व्यवस्था मिलाइएको हो । पछि शुल्क लिने कि नलिने भन्ने टुंगो लागिनसकेको उनले बताए । धरहरा क्षेत्रमा निःशुल्क पार्किङको पनि व्यवस्था छ ।

धरहरा निर्माण करिब ९६ प्रतिशत पूरा भएको छ । धरहराको उद्घाटनमा प्रधानमन्त्री केपी ओलीले तीन वर्षअघि अघिल्लो कार्यकालमै गरेका थिए । धरहरा निर्माणको काम नसकिँदै ओलीले २०७८ वैशाख ११ गते हतारहतार उद्घाटन गरेका थिए । २०७२ सालको भूकम्पले पुरानो धरहरा भत्किएपछि त्यसको जगनजिकै अर्को धरहरा निर्माण गरिएको हो ।

‘मेरो धरहरा मै बनाउँछु’ भन्ने नारासहित २०७५ पुस १२ गते यसको शिलान्यास गरिएको थियो ।