धरहरा चढ्ने लिफ्ट बिग्रियो

धरहरा चढ्ने लिफ्ट बिग्रियो


काठमाण्डु-सञ्चालनमा आएको दुई महिना नबित्दै धरहरा बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार धरहरा चढ्ने लिफ्ट बिग्रिएको जानकारी दिए । ‘केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको छ’, उनले भने । उनका अनुसार शुल्क तिरेर धरहरा चढ्न पाइने उनले बताए । ‘सम्भवतः अब लिफ्ट बनाएर शुल्क निर्धारण गरेर मात्रै सञ्चालन हुन्छ,’उनले भने ।

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो । धरहरा ढलेको तीन वर्षपछि पुनर्निर्माण सुरु भएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ मा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

ओलीले पुनर्निर्माण हतारहतार २०७८ वैशाख ११ मा धरहराको उद्घाटन गरेका थिए यस वर्ष असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

तत्काल परीक्षणका लागि खुला गरिएको धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा चढेका छन् ।