काठमाण्डु-स्तरोन्नितसहित निर्माणाधीन अवस्थामा रहेको धार्क–सितापाईला सडक खण्ड शुक्रवारदेखि पन्ध्र दिन बन्द गरिने भएको छ ।
सो सडकमा कालोपत्रे गर्न बाँकी रहेको स्थानमा बिहीवारदेखि कालोपत्रे सुरु गरिने भएकोले सडक बन्द गरिन लागिएको हो ।
डिभिजन सडक कार्यालय नुवाकोटले सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन बिरामी बोकेका एम्बुलेन्स , प्रहरीका सवारी साधनबाहेक सबै सवारी बन्द गरिने भएको जनाइएको छ ।
प्रतिक्रिया