काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाण्डुले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।
उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको बताइएको छ ।
गत चैत्र १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा राणा पक्राउ परेका थिए ।
प्रतिक्रिया