धवल शम्शेर फेरि राजावादी आन्दोलनमा सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान

धवल शम्शेर फेरि राजावादी आन्दोलनमा सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले विचार स्वतन्त्रतामा बन्देज लगाउने सरकारको प्रयासको विरोध र आस्थाका बन्दीको रिहाइको माग गर्न सोमबार जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी, राष्ट्रवादीलाई आह्वान गरेका छन् ।

‘भारतमा स्वास्थ परिक्षणपश्चात् आजै बेलुकी स्वदेश फर्कदै छु, भोलि प्रदर्शनी मार्गमा भेटौ । म पनि त्यहीँ हुनेछु,’ नेता राणाले आइतबार एक सन्देशमा भने ।

‘बैशाख १५ गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरुको तत्काल रिहाइ र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाइदैन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा हुने जनप्रदर्शनमा सहभागी हुन सम्पुर्ण हिन्दुवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्रप्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु,’ राणाले भने ।

‘देशले अहिले परिवर्तन खोजेको छ, जनता स्थिरता र समृद्धिको पक्षमा छन् । देश र जनतालाई केन्द्रमा राखेर एक पटक सम्पुर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ । समान विचार बोक्नेहरु बीच अहिले एकताको आवश्यकता छ । सबै मिलाै‌, जुटौं,’ उनले भने ।

राणाले भने, देश बचाउने र बनाउने महान अभियानमा हातेमालो गर्दै कम्मर कसेर लागौं । असम्भव केही छैन । मात्र इच्छाशक्ति, उच्च मनोबल, आपसी एकता र स्पष्ट मार्गचित्र आवश्यक छ ।

‘राजसंस्था र हिन्दुराष्ट्रको निमित्त समान विचार बोक्ने दल, संघसस्था, अभियान, समुहद्वारा आयोजना हुने कार्यक्रमहरुमा साथ सहयोग रहने हाम्रो पार्टी राप्रपा र संयुक्त जनआन्दोलन समितिले पहिले नै निर्णय गरिसकेको अवस्थामा यो कार्यक्रममा सक्रिय सहभागिताको निमित्त हार्दिक अपिल गर्दछु,’ नेता राणाले भने ।