धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित

अन्तर्वार्ता लिने व्यक्ति नै अनुपस्थित !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि लिइने भनिएको अन्तर्वार्ता फेरि स्थगित भएको छ ।

अध्यक्ष नियुक्तिका लागि अन्तिम सूचीमा परेका तीन जना उम्मेदवारलाई शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर ती मध्ये धितोपत्र बोर्डकै कर्मचारी डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्की मात्र अन्तर्वार्ताका लागि पुगेका थिए । उनीहरू निकै बेरसम्म अन्तर्वार्ताका लागि पर्खे पनि अन्तर्वार्ता नदिई फर्केका हुन् ।

‘अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता स्थगित भएको’ सूचना ११ बजे प्रकाशित भएपछि उनीहरू अन्तर्वार्ता नदिई फर्केका हुन् । अध्यक्षका अर्का उम्मेदवार बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाईमा अनुपस्थित थिए ।

बोर्डको अध्यक्षको योसहित दोस्रो पटक अन्तर्वार्ता स्थगित भएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको स्वास्थ्यमा समस्या आएकाले अन्तर्वार्ता रोकिएको जानकारी अर्थमन्त्रालयले दिएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अन्य सिफारिस समितिका अन्य दुई सदस्य उपस्थित भए पनि डा अधिकारी अनुपस्थित भएपछि अन्तर्वार्ता रोकिएको बताए ।

अधिकारीको संयोजकत्वमा बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समिति छ । ३ सदस्यीय सिफारिस समितिले यसअघि अनुपस्थित तीन उम्मेदवारलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि शुक्रवारका लागि समय तोकेको थियो । यसअघि तीनपटकसम्म अन्तर्वार्तामा नआएका उनीहरूलाई फेरि नयाँ सिफारिस समिति गठन भएर लागि अन्तर्वार्तामा बोलाइएको थियो ।

धितोपत्र बोर्ड गत पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बराललाई अध्यक्षको जिम्मेवारी दिएर सरकारले काम चलाएको छ ।