धुलिखेलमा चोरी गरी फरार रहेका दुईजना पक्राउ

धुलिखेलमा चोरी गरी फरार रहेका दुईजना पक्राउ


धुलिखेल – चोरी गरी फरार रहेका दुईजनालाई आज पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगपालिका–६ का लक्षु कार्की र सोही ठाउँका गणेश लामा रहेका छन् ।

उनीहरु मण्डन देउपुर नगरपालिका–२ मा चोरी गरी फरार रहेका थिए । दुवैजनालाई आज सार्वजनिक गरिएको हो । प्रहरीले उनीहरुका साथबाट रु एक लाख ६ हजार, दुई हजार भारतीय रुपैयाँ, मोबाइल तीन थान, सुनको सिक्री एक थान, आँैंठी एक थान तथा चोरी गर्न प्रयोग गरिएको एउटा गाडी जफत गरिएको शाहले बताए ।

मुण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलमा गत शनिबार चोरी गरी फरार भएपछि तामाङको जाहेरीका आधारमा उनीहरुलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।